स्वीकृत अवकाश कोषका हकमा योगदानमा आधारित वा हितबाट भएको दुवै आयलाई आय गणनाको एउटै प्रक्रियाले समेटेको देखिन्छ । त्यस्तै कुनै संस्थामा आवद्ध कर्मचारीले उक्त संस्थामा आफ्नो शारीरिक एवं मानसिक श्रम गरेको हुँदा संस्थाको लाभ आर्जनमा एवं सफलतामा कर्मचारीको अहम भूमिका रहेको हुन्छ । कर्मचारीको परिश्रम विना एवं सक्रिय संलग्नता विना कुनै पनि संस्थाले गतिशिलता एवं सफलता प्राप्त गर्न नसक्ने कुरा सुस्पष्टै रहेको छ । कर्मचारीले गरेको उक्त गैर मौद्रिक योगदान भविष्यलाई सोचर संस्थासँगको आफ्नो आवद्धता र आफ्नो वृतिपथको सुनिश्चितताको साथै उक्त संस्थाबाट समेत आफ्नो लागि वर्तमानको साथमा भविष्यमा समेत प्रतिफल प्राप्त गर्ने अभिलाषा सहित गरेको हुन्छ । त्यसैगरी कुनै पनि संस्थाले आफ्ना कर्मचारीको अवकाशित जीवनलाई व्यवस्थित बनाउने हेतु एवं अन्य नयाँ कर्मचारीलाई आकर्षित गरी संस्थामा जीवन्तता प्रदान गर्ने उद्देश्यले अवकाश कोष खडा गरी सोही कोषबाट विभिन्न आर्थिक सहुलियतहरु प्रदान गर्ने गर्दछ । कर्मचारीले अवकाशित जीवनको सुरक्षाको लागि वर्तमानमा विभिन्न योगदान गर्दछ । यसलाई केबल आर्थिक योगदानको आँखाबाट हेरिनु पनि न्यायिक हुँदैन ।यस अवस्थामा विपक्षीले Non Contributory अवकाश कोष भनी जिकीर लिए तापनि गैर आर्थिक योगदानलाई पनि हेरी स्वीकृत अवकाश कोषको हकमा योगदानमा आधारित वा हितबाट भएको लाभको हकमा समेत उक्त व्यवस्था समान रुपमा आकर्षित हुने देखिन्छ ।
===================================
०८०-RB-००१२ जनक शिक्षा सामाग्री केन्द्र ली.


0 Comments