आय विवरणमा गत वर्षको नोक्सानी अ.ल्या नगरेमा के हुन्छ?
Everest Hospital Pvt. Ltd. v. Inland Revenue Office, New Baneshwor
========================================
आयकर ऐन, २०५८ ले नोक्सानी कट्टीले मान्यता प्राप्त गर्नको लागि करदाताले प्रत्येक वर्ष सो नोक्सानी कट्टी सार्नु पर्ने र समायोजन गर्नुपर्ने अन्यथा त्यस्तो नोक्सानीको रकम सात वर्ष भित्रको आय वर्षमा समायोजन गर्न नपाउने भनी कहि कतै व्यवस्था गरेको छैन । नोक्सानी कट्टी प्राप्त गर्ने सम्बन्धमा विभिन्न शर्तहरुको व्यवस्था गर्ने विधायिकाले नोक्सानी कट्टीको सम्बन्धमा प्रत्येक वर्ष भन्ने देखाउनु पर्ने विधायिकी मनसाय राखेको भए सोही अनुरुप कानूनी अभिव्यक्ति (Legal expression) हुनुपर्ने सो भएको नदेखिदा कर सम्बन्धी कानूनमा विद्यायिकाले निर्धारण नै नगरेको शर्त वा बन्देज कर प्रशासनले लगाउन सक्दैन। सम्बन्धित आय वर्षको विवरण भर्दा कुनै विवरण छुटेको कारणले मात्र तत् सम्बन्धमा करदाताले आफ्नो दावी परित्याग (Waive) गरेको भनी मानिदैन ।
करदाताले आफ्नो दावी परित्याग गरेको मानिनको लागि करदाताले स्पष्ट आचरण र क्रियाबाट नै सो तथ्य स्थापित भएको हुनुपर्छ ।
========================================


0 Comments