Amount of excise that cannot be refunded (as per legal provision) and is claimed as expense by taxpayer cannot be disallowed at time of assessment merely because the same amount has not been adjusted in excise return and there is suspicion of the taxpayer taking benefit of such amount from excise return.
ठूला करदाता कार्यालय विरुद्ध हिम इलेक्ट्रोनिक्स प्रा. लि.
===================================
पाउनु पर्ने अन्तः शुल्कलाई शुन्यीकरण गरी खर्च लेखेको
================================
करदाताले वासलातमा पाउनु पर्ने अन्तःशुल्क रकमलाई शुन्यीकरण गरेको तर अन्तःशुल्क मास्केवारी विवरणमा पाउनुपर्ने अन्तःशुल्क क्रेडिट देखाएकोले भविष्यमा फिर्ता लिन सक्ने वा विक्रीमा मिलान गर्न सक्ने भनी सम्भावना र अनुमानको उद्देश्यले राखिएको भनी कर निर्धारण भएकोमा अन्तःशुल्क क्रेडिट रकम फिर्ता पाउने स्पष्ट व्यवस्था नभएको एंव उक्त विवादित रकमलाई खर्च कट्टी गर्ने नगर्ने सम्बन्धमा समेत स्पष्ट व्यवस्था नभएको पाईन्छ। करदाताले उक्त रकम जुन आ.व.मा सम्बोधन भई फिर्ता हुन्छ उक्त आ.व.मा समायोजन गर्ने भनी प्रतिवद्धता जनाए तापनि केवल करदाताले आ.व. को वासलात तर्फ अन्तःशुल्क क्रेडिट रकम शुन्यीकरण गरी अन्तःशुल्क मास्केवारीमा शुन्यीकरण नगरेको भनी भएको कर निर्धारण नमिल्ने।
=================


0 Comments