C.G. Foods (Nepal) Pvt. Ltd. vs. Birgunj Customs Office, 080-RB-0046
महालेखा परीक्षकका अन्तर्गत खटिएका कर्माचारीहरुले लेखा परीक्षण गर्ने क्रममा कुनै बेरुजु औल्याउनु अघि अर्को पक्षको हक हितमा प्रतिकुल असर पर्ने भएमा त्यसरी बेरुजु औल्याउनु अघि सम्बन्धित पक्षलाई समेत आफ्नो भनाई र प्रमाण राख्ने अवसर दिनु पर्दछ । महालेखा परीक्षक अन्तर्गतका कार्यालयले बेरुजू औल्याएको विषय अर्को पक्षसँग सम्बन्धित देखिएमा सो पक्षलाई बुझदै नबुझी एक पक्षीय रुपमा बेरुजू देखाएको कार्यलाई कुनै प्रचलन वा अभ्यासका नाउँमा न्याय सम्मत मान्न मिल्दैन। कार्यालयको नाउँमा बेरुजु देखिएपनि सो बेरुजुको विषय अर्को पक्षसँग सम्बन्धित देखिएमा सो प्रभावित पक्षलाई समेत प्राकृतिक न्यायको सिद्धान्त अनुरुप आफ्नो भनार्इ र प्रमाण राख्ने अवसर दिनुपर्छ । बेरुजु औल्याउदा सम्बन्धित कार्यालयले बाहेक अन्य तेस्रो पक्षसँग छलफल गर्ने वा निजलाई भनाई राख्ने चलन नभएको भन्ने आधार लिई प्राकृतिक न्यायको सिद्धान्तलाई इन्कार गर्न पाइँदैन। र यो छुट कसैलाई पनि प्राप्त हुन सक्दैन । प्रस्तुत सन्दर्भमा पुनरावेदकको हकमा देखाएको सो बेरुजुको सम्बन्धमा पुनरावेदकलाई आफ्नो भनाई राख्ने अवसर नै नपाएको हुँदा लेखा परिक्षणको नाममा कायम भएको सो बेरुजुलाई स्वाभाविक मान्न सकिन्न । यसैगरी कर निर्धारण, बस्तु वर्गिकरण, भन्सार महसूल जस्ता विषयमा अर्ध न्यायिक अधिकारीको हैसियतमा सम्बन्धित पदाधिकारीहरुले गरिसकेको निर्णय वा कामकारवाहीमा सामान्य प्रशासनीक विषय झै कुनै आधार र कारण नखुलाई महालेखा परीक्षकबाट यो यति कर लाग्नु पर्ने, यो बस्तु यो HS Code मा वर्गिकरण हुनुपर्ने भनी आफूलाई Super Body को रुपमा देखाई बेरुजू कायम गर्ने विषय सामान्य र स्वभाविक अभ्यास हुन सक्दैन ।
=======================================


0 Comments