ज्याला एवं पारिश्रमिकमा 8(3) को अवस्था आकृष्ठ हुन्छ?
अशोक स्टिल इण्डष्ट्रिज प्रा. लि. वि. ठूला करदाता कार्यालय, रा. न्या.
======================================
दफा 8(3) मा भएको व्यवस्था अनुसार कर लगाउदा वा कर लाग्ने निर्णय गर्दा उपरोक्त ऐनको प्रावधान अनुसार नै गर्नुपर्ने हुन्छ। ऐनको दफा 8(3) को आधारमा कर लगाउदा समेत ऐनको प्रावधान अनुसार मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवामा मात्रै लाग्ने हुन्छ ।कानूनत: कर नलाग्ने वस्तु वा सेवालाई Reverse Charging System को आधारमा कर लगाउने कार्य गर्न मिल्दैन।कर कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ८(३) सम्बन्धमा निर्णय गर्दा मजदुरहरुको ज्याला तथा पारिश्रमिक भुक्तानीमा मूल्य अभिवृद्धि लाग्ने आधार र कारण स्पष्ट रुपमा उल्लेख गरेको नदेखिँदा निर्णय न्यायोचित देखिएन।
=====================================


0 Comments