Indirect holding (अप्रत्यक्ष स्वामित्व) is not counted for change in control section 57
====================================
एम. ए. डब्लु. अर्थमुभर्स प्रा.लि. को आ.व. २०७१।७२ मा चुक्ता पूँजी रु.३ करोड ५० लाख मात्र रहेकोमा मिति २०७२।११।३० को संचालक समितिको बैठकको निर्णय अनुसार आ.व. २०७२।७३ मा चुक्ता पुँजी रु ६ करोड ५० लाख थप भई जम्मा रु.१० करोड पुगेको र पुँजी वृद्धि हुनु भन्दा पहिले कायम रहेको ३,५०,००० कित्ता शेयरलाई साविक शेयरधनी विष्णु कुमार अग्रवालकै कायम राखी र थप भएको नयाँ ६,५०,००० कित्ता शेयरमा मिति २०७३।०३।३२ गते एम.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि. को लगानी रहेकोमा कुनै विवाद देखिँदैन। त्यसै गरी एम.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि. मा निज विष्णु कुमार अग्रवालको २४ प्रतिशत शेयर स्वामित्व रहेको देखिन्छ। यसैका आधारमा पुनरावेदन करदाताले विष्णु कुमार अग्रवालको एम.ए.डब्लु. अर्थमुवर्स प्रा.लि. मा निहित स्वामित्व ५०.६ प्रतिशत रहेको हुँदा स्वामित्व परिवर्तन हुँदा निहित स्वामित्वमा ५० प्रतशित भन्दा कम (४९.४ प्रतशित) स्वामित्व परिवर्तन भएकोले आयकर ऐन, २०५८ को दफा ५७(१) आकर्षित हुदैन भनी दावी लिएको देखिन्छ। एम.ए.डब्लु अर्थमुवर्स प्रा.लि. र एम.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि. अलग अलग निकाय भएको र कम्पनीको स्थायी लेखा नं. देखि शेयर संरचना लगायतका आधारमा दुई फरक अस्तित्व भएको निकाय भएको र लाभांश लगायतको प्रतिफल बाँडफाँड समेत शेयर लगानी गर्न एम.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि. ले नै पाउने कुरामा करदाताले अन्यथा भन्न सकेको देखिएन। त्यसै गरी करदाताले एम.ए.डब्लु. अर्थमुवर्स प्रा.लि.मा विष्णु कुमार अग्रवालकै मात्र शेयर स्वामित्व ५०.६ प्रतिशत कायम रहेको भनी वस्तुनिष्ठ आधार प्रमाण पेश गर्न सकेको नदेखिँदा करदाता एम.ए.डब्लु अर्थमुर्भस प्रा.लि.को शेयर संरचनामा ६५ प्रतिशतले शेयरमा परिवर्तन भएको देखिएकोले आयकर ऐन, २०५८ को दफा ५७ बमोजिम करदाताले लगानी गरेको रकमबाट प्राप्त लाभलाई लगानीको निसर्ग मानि आयकर ऐन, २०५८ को दफा ७को उपदफा (२)(ग) बमोजिम आयमा समावेश गरेमा अन्यथा भन्न नमिल्ने।
=======================================


0 Comments