Swavalamban Laghubitta Bittiya Sanstha Limited vs. Purnachandra Raj Awasthi et al. (080-WF-0034), page 82
श्रम ऐन, २०७४ मा रहेको उपर्युक्त व्यवस्थाबाट सबै बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाईसमेत समान रुपमा विभागीय सजायको निर्णयउपर आन्तरिक पुनरावेदनको उपचार प्रयोग गरेपश्चात् पनि स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायिक निकायसमक्ष अर्को एकतह पुनरावेदन गर्न पाउने साधारण उपचारको बाटो उपलब्ध हुन पुगेको छ। यसले नेपालको न्याय प्रणालीलाई विधिको शासनको दृष्टिले अझै उन्नत र आधुनिकताको स्तरमा लैजान मद्दत गरेको मान्न सकिन्छ।
– यसको परिणाम निजी स्तरका बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई व्यवस्थापनले सेवाबाट हटाएमा वा कुनै विभागीय सजाय गरेमा आन्तरिक पुनरावेदनको मार्गबाट न्याय प्राप्त नभई मर्का पर्ने पक्षले पुनः अदालतको असाधारण अधिकारक्षेत्र गुहार्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ।
– जतिसुकै विद्वान्, अनुभवी र विशेषज्ञतायुक्त पदाधिकारी भए पनि बैङ्क तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष वा सञ्चालक समितिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायिक संयन्त्र मान्न सकिँदैन।
===========================


0 Comments