==========================================
करदाताले आ.व.२०७१/०७२ मा विभिन्न विदेशी कम्पनीहरुबाट सेवा प्राप्त गरी सो वापत विजकमा उल्लेख गरेको रकम पुरै भुक्तानी गरी अग्रिम करको रकम खर्च कट्टी माग गरेको पाइयो। विजकको रकममा अग्रिम कर कट्टी गरी बाँकी रकम मात्र भुक्तानी गर्नुपर्नेमा करदाताले आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८८क र ८९ को परिपालना नगरेको कारणबाट दफा ९०(५) को खण्ड (क) को अवस्था उत्पन्न भएको ठूला करदाता कार्यालयको निष्कर्ष देखियो। आयकर ऐन, २०५८ को दफा २१ को उपदफा (१) को खण्ड (ख) मा “यस ऐन बमोजिम बुझाउनु पर्ने कर कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि खर्च वा रकम कट्टी गर्न पाइने छैन” भन्ने स्पष्ट व्यवस्था रहेको परिप्रेक्ष्यमा करदाताले यस आ.ब.२०७१/०७२ मा दावी गरेको अग्रिम करकट्टीको रकम आयकर ऐन २०५८ को दफा २१(१) (ख) बमोजिम खर्चकट्टी नपाउने भन्ने ठूला करदाता कार्यालयको निर्णयलाई समेत अन्यथा भन्न मिलेन।
===========================================


0 Comments