विपरीत धूर्वमा रहेर फैसला भएका छन्
Diametrically opposite judgements
=========================================
विद्युतसँग प्रत्यक्ष सम्बन्धित भएका मिटर, तार मा मू.अ. कर लाग्ने नलाग्ने?
Whether meter and wires used in supply of electricity is Vatable?
=========================================
विद्युतसँग प्रत्यक्ष सम्बन्धित भएका मिटर, तार लगायतका वस्तु तथा अन्य सेवाहरुको कारोबार समेतमा कर छुट पाउने वस्तु तथा सेवाको रुपमा उल्लेख गरेको समेत देखिएन। यसबाट नेपाल विद्युत प्राधिकरण मूल्य अभिवृद्धि करमा दर्ता नभएको कर छुटको कारोबार गर्ने संस्था भए पनि मूल्य अभिवृद्धि कर लाग्ने मिटर, तार लगायतका वस्तु वा सेवा विक्री गर्दा मूल्य अभिवृद्धि कर लाग्ने।
नेपाल विद्युत प्राधिकरण वि ठुला करदाता कार्यालय ललितपुर, 077-RB-0236
==========================================
विद्युत शक्ति भन्ने शब्दावली उल्लेख भएकोमा विद्युत शक्ति भन्ने शब्दावली विद्युत सेवाका आपूर्तिलाई पनि स्वतः जनाउने हुन्छ । विद्युत सेवा आधारभूत आवश्यकताको सेवाभित्र पर्दछ । प्रचलित कानूनले विद्युत सेवालाई मूल्य अभिवृद्धि कर छुट सेवाको रुपमा सुचिकरण गरेको विषयमा कुनै विवाद छैन । कुनै व्यक्तिको मुख्य आपूर्ति सम्बन्धी सेवालाई नै कानूनले छुटमा समावेश गरिसकेकोमा सो सेवा आपूर्तिको लागि आवश्यक पर्ने सहायक बस्तु वा सेवा समेत मूल सेवाभित्र स्वतः समाविष्ट हुन्छ । विद्युत सेवाको आपूर्तिमा मूल्य अभिवृद्धि कर छुट भईसके पछि विद्युत आपूर्तिको लागि आवश्यक पर्ने मिटर बक्स तार लगायतका सामग्रीमा पनि मूल्य अभिवृद्धि कर छुटको कानूनी सुविधा स्वतः लागू हुन्छ ।
0 Comments