Inheritance Tax (विरासत कर)
भनिन्छ, मृत्युमा दया/ क्षमा हुनु पर्दछ (mercy at death)
स्वेच्छाले वा चाहेर कसैले मृत्यु वरण गर्दैन (no one dies willingly, is involuntary)
=========================================
बा आमाको मृत्यु भएमा सम्पत्ति (शेयर) नामसारी हुँदा कर लाग्छ वा लाग्दैन
Transfer of shares to children/ heir on death of parent- whether taxable
=========================================
एउटा प्रा.ली जो कानूनी निकाय भनेर विशेष कानून वमोजिम स्थापित रहेको हुन्छ सो निकायको एउटा व्यक्तिबाट अर्को व्यक्तिको नाममा नामसारी हुँदा निज व्यक्तिलाई लाभ हुने हो र व्यवसायिक प्रकृतिको सम्पतिमा कर लाग्ने विषयमा आयकर ऐन २०५८ मा स्पष्ट व्यवस्था गरेको पाइन्छ। देवानी मुलुकी संहिता २०७४ समान्य कानून भएको हुनाले यस ऐनले कर लाग्ने नलाग्ने विषयमा छुटै कुनै कानूनी व्यवस्था गरेको पनि पाइदैन। यसरी पुनरावेदक करदाताको शेयर नामसारी गर्ने विषयवस्तु विशेष प्रकृतिको भएको र शेयर नामसारीको प्रकृया विशेष ऐनले निर्देशन गरे वमोजिम हक हस्तान्तरण हुने र कम्पनी आफैमा प्रा.लि. निकाय भएको हुँदा विगत तीन वर्षमा जुनसुकै तरिकाले उक्त निकायको पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्व परिवर्तन भएमा दफा ५७ आकर्षित हुने नै देखियो।
========================================


0 Comments