अधिवक्ता विकास अग्रवाल वि. : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौँसमेत, ०७७-WC-००५०
=======================================
आर्थिक ऐन र आयकर ऐन वीच विरोधाभाष भएमा आर्थिक ऐन प्रभावी हुने।
When Finance Act and Income Tax Act clash, Income Tax Act must give way to Finance Act.
========================================
कुन प्रकारको आयमा के कति कर लाग्ने हो भन्ने कुराको निर्धारण आर्थिक ऐनले गर्दछ भने आर्थिक ऐनको परिधिभित्र रही लाग्ने आयकरको गणना गर्ने, छुट दिने र कर निर्धारण र असुली गर्ने आधार, मापदण्ड, तरिका तथा प्रक्रिया भने आयकर ऐनले निर्धारण गर्दछ। आर्थिक ऐनमा रहेका प्रावधानहरूको कार्यान्वयनका लागि आयकर ऐन क्रियाशील हुने हो। यस अर्थमा हेर्दा आयकरसम्बन्धी कानून आर्थिक ऐनद्वारा नियन्त्रित र निर्देशित हुने देखिन्छ; तर आर्थिक ऐन आयकर ऐनको अधीनस्थ रहेको हुँदैन। कदाचित् एक-अर्को ऐनमा रहेका प्रावधानहरूका बिच सामञ्जस्यता कायम हुन नसक्ने भएको अर्थात् विरोधाभाषपूर्ण देखिएको अवस्थामा भने आर्थिक ऐनमा रहेको प्रावधान नै प्रभावी वा क्रियाशील हुन्छ।


0 Comments