मनकामना दर्शन प्रा.लि. वि. मध्यमस्तरीय करदाता कार्यालय
=====================================
Whether free ticket and coupon, issued by the company, can be construed as sales without bills and thus Vatable?
मनकामना मन्दिरले जारी गरेको निशुल्क टिकट तथा कुपनलाई विना बिजक निशुल्क कुपन उपलब्ध गराई केवलकार यात्रुलाई गैर विजक यात्रा गराएको भनी कर निर्धारण गर्न मिल्ने वा नमिल्ने?
=====================================
कुनै पनि व्यवसायिक कम्पनीले आफ्नो व्यावसाय प्रवर्द्वनको लागि विभिन्न स्किम ल्याई कार्यान्वयन गर्न सक्छ। यस किसिमको व्यवसायिक प्रवर्द्वनको कार्यलाई कुनै पनि कानूनले प्रतिबन्ध गरेको पनि छैन। कम्पनीले उपलब्ध गराएको त्यस्तो कुपनमा Not for Sale लेखिएको देखिँदा सो कुपन विक्री भएको भनी मान्न पनि मिलेन। त्यस्तो कुपन ग्रुप डिस्काउण्ट स्किम (GDS) को आधारमा निःशुल्क दिईने, कम्पनीको आय बृद्धि गर्ने प्रयोजनार्थ कम्पनीले निर्देशिका जारी गरेर नै यस्तो स्किम ल्याएको हो भन्ने देखिन्छ। यसरी कम्पनीको आय आर्जन गर्ने उद्देश्यले प्रदान गरिएको स्किमबाट कम्पनीलाई प्रत्यक्षरुपमा प्रतिफल प्राप्त भएको नदेखिए तापनि अन्ततः यसबाट कम्पनीको नाफा बृद्धि भई देशको राजस्व बृद्धिमा समेत योगदान पुग्ने भएकोले प्रतिफल नै प्राप्त नभएका कारण आयमा समावेश नगरिएका सहुलियत कुपनहरु समेतको मूल्यलाई आयमा समावेश गर्ने निर्णय न्यायोचित नभएको।
=====================================


0 Comments