C.G. Foods Nepal Pvt. Ltd. vs. Office of Internal Revenue, 080-RB-0078 RT
========================================
Whether packing materials are inputs??
Whether credit cannot be availed of all packing materials or of imported packing materials only?
=======================================
३क(३) तर स्वयं निष्काशन प्रणाली लागू हुने सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरू बाहेक अन्य उद्योगले कच्चा पदार्थ खरिद वा पैठारी गर्दा तिरेको अन्तःशुल्क तयारी वस्तु बिक्री गर्दा तिर्नुपर्ने अन्तःशुल्कमा कट्टा गर्न पाइनेछ ।
३क(५) ५) यस दफा बमोजिम अन्तःशुल्क कट्टा गर्दा सहायक कच्चा पदार्थ, प्याकिङ्ग सामग्री तथा भन्सार महसुल माफी भएका कच्चा पदार्थ र पार्टपूर्जा पैठारी गर्दा तिरेको अन्तः शुल्क कट्टा गर्न पाइने छैन ।
=====================================
दफा ३क आर्थिक ऐन, २०७५ मार्फत थप भएका कारण, सो भन्दा अधि कट्टा गर्न पाउने।
दफा ३क(५) मा सबै प्याकिङ्ग सामाग्री वा पैठारी गरिएका सामाग्री को कट्टा नपाउने दुविधा रहेको
======================================
चाउचाउ उत्पादनमा प्याकिङ मटेरियल्स बिना चाउचाउ उत्पादन अर्थपूर्ण नभई यसको अस्तित्व कायम नरहने भई प्याकिङ मटेरियल्स चाउचाउको Integral अवयवको रूपमा रहेको हुन्छ
आन्तरिक राजस्व कार्यालय धरान विरुद्ध एसियन थाई फुड्स प्रा.लि. (०७१-CI-०५२३)
===========================================
र्यापर्स बिना चाउचाउ बजारयोग्य उत्पादन हुन नसक्ने अवस्था हुँदा त्यसलाई कच्चा पदार्थको रूपमा मान्नु पर्ने देखियो। उक्त कानूनमा भएको शर्त पुरा गर्न निवेदक कम्पनीले चाउचाउलाई बजारयोग्य बनाउनका लागि सम्पूर्ण विवरण खुलाइएको र्यापर्स विना उत्पादन भएको चाउचाउ बजारयोग्य उत्पादन छ भन्न, मान्न सक्ने अवस्था नहुँदा त्यसलाई कच्चा पदार्थ मान्नु पर्ने नै देखियो। यसरी एक पटक कच्चा पदार्थ र्यापर्समा लाग्ने अन्तःशुल्क तिरी सकेको अवस्थामा अन्तःशुल्क ऐन, २०५८ को दफा ३क (३) बमोजिम निवेदक कम्पनीले कट्टी सुविधा लिन पाउने ।
आन्तरिक राजस्व कार्यालय वि. क्वालिटी थाई फुड्स प्रा.लि. (०७१-CI-११४५)
==========================================
चाउचाउ उत्पादनमा प्रयोग भएको र्यापर्समा तिरेको अन्तःशुल्क रकम विक्रीबाट कट्टी गर्न पाउने नै हुँदा अन्तःशुल्क रकम क्रेडिट दावी गरेको उक्त क्रेडिट दावी अमान्य गर्न मिल्दैन।


0 Comments