Formerly Araniko Development Bank, now Century Bank Ltd., V. Thula Taxpayer Office, 078-RB-0026

Share Issue Expenses

. Share issue expenses is revenue expenses and cannot be disallowed as capital expenses.

============================

आयकर ऐन, २०५८ अनुसार शेयर निष्कासन खर्चलाई पुँजीगत प्रकृतिको खर्च मान्न सकिने देखिदैन। कानूनमा स्पष्ट उल्लेख नभएका विषयमा अनुमानका आधारमा खर्च कट्टी अमान्य गर्नु न्यायसंगत हुदैन। शेयर निष्कासन गर्न तथा सो सम्बन्धी अन्य जिम्मेवारी निर्वाह गर्न कानून बमोजिम शेयर रजिष्ट्रार नियुक्त गर्नुपर्ने भएकोले उक्त खर्च व्यवसायको प्रकृति अनुसार नाफा नोक्सान हिसाबमा समावेश गरिने हुँदा पुँजीगत नभई आय आर्जन कार्यसंग सम्बन्धित खर्च मान्नु पर्ने हुन्छ भनी शेयर निष्कासन खर्चलाई अमान्य गरेको ठूला करदाता कार्यालयको निर्णय मिलेको नदेखिँदा खर्चको वास्तविकता तथा प्रमाणिकताको यकिन गरी कार्यालयबाट पुनःसंशोधित कर निर्धारण हुनुपर्ने ठहर्याई आन्तरिक राजस्व विभागका महानिर्देशकबाट मिति २०७९।०३।२७ मा निर्णय भएको देखिन आउछ। प्रस्तुत मुद्दामा करदाताले Share Issue गर्दा गरेको खर्चलाई आयकर ऐन, २०५८ को दफा १३ बमोजिमको व्यवसायको कारोबारसंग सम्बन्धित खर्च नभएको र उक्त खर्च पूँजीगत सम्पतिको लागि गरिएको खर्च भएकोले सोही ऐनको दफा २१ (३) बमोजिमको खर्च कट्टी गर्न नपाइने भएकोले अमान्य गर्नुपर्ने भनी ठूला करदाता कार्यालयले रु.४,८४,४३५।३७ अमान्य गरेकोमा आन्तरिक राजस्व विभागका महानिर्देशकले प्रशासकीय पुनरावलोकनको क्रममा मिति २०७७/१२/२२ मा गरेको निर्णयमा बैंकले पूँजी वृद्धिको लागि शेयर जारी गर्दा भएको खर्चलाई कार्य सञ्चालन खर्च मान्न मिल्ने देखिएन भनी शुरु निर्णयलाई नै सदर गरेको पाईयो। यसरी करदाताले पूँजी वृद्विको लागि शेयर जारी गर्दा भएको खर्च आयकर ऐन, २०५८ को दफा १३ बमोजिम आय आर्जनसंग सम्बन्धित खर्च हो वा होईन, त्यस्तो खर्च कट्टी गर्न पाउने हो होईन भन्ने सम्बन्धमा आन्तरिक राजस्व विभागका महानिर्देशकले करदाताहरु बीच फरक-फरक र असमान दृष्टिकोण राखी गरेको निर्णयलाई न्यायोचित मान्न मिलेन। त्यसैले प्रस्तुत मुद्दामा आन्तरिक राजस्व विभागका महानिर्देशकबाट मिति २०७७/१२/२२ मा भएको निर्णय समेत बदर गर्नुपर्ने देखियो। अब करदाताबाट हकप्रद शेयर जारी गर्दा भएको शेयर निष्कासन खर्च पुँजीगत खर्च हो वा होइन स्पष्ट विवेचना गरी त्यस्तो खर्च आयकर ऐन, २०५८ को दफा १३ बमोजिम खर्च कट्टी गर्न पाउने नपाउने के हो भन्ने सम्बन्धमा पुनःनिर्णय गर्नुपर्ने देखिएकोले सो प्रश्नको निरुपणको लागि प्रस्तुत मुद्दाको मिसिल ठुला करदाता कार्यालयमा पठाउन उपयुक्त हुने देखिन आयो।

======================================

Opinion: There is confusion regarding treatment of Share issue expenses शेयर निष्कासन खर्च. This decision dispels any doubt raised about it being in the nature of capital expenses. It is revenue expenditure and the Hon’ble Justice has rightly decided the case in favor of tax payer.

Contact us for any legal query

Our Mission is to provide timely delivery of service in an efficient manner, exceeding client’s expectations. If you have any complaints, suggestions or feedback; please feel free to reach out to us!

0 Comments

0 Comments

Related Articles

Arihant Multi Fivers Ltd v Large Taxpayer Office; 077-RB-0154

Proportionate disallowance interest in Fixed Deposits ======================================= करदाताले यो आ.ब. २०७१/७२ व्यवसायमा तरलताको अभाव देखाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको र सो कर्जा बापत खर्च कट्टी गरेकोमा त्यसरी लिएको कर्जा रकम व्यवसायको आय...

read more

M.A.W. Earthmovers Pvt. Ltd. V. Big Taxpayer’s Office; 077-RB-165

Indirect holding (अप्रत्यक्ष स्वामित्व) is not counted for change in control section 57 ==================================== एम. ए. डब्लु. अर्थमुभर्स प्रा.लि. को आ.व. २०७१।७२ मा चुक्ता पूँजी रु.३ करोड ५० लाख मात्र रहेकोमा मिति २०७२।११।३० को संचालक समितिको बैठकको...

read more

Ncell Pvt. Ltd. v. Department of Internal Revenue; 077-RB-0189

एकै विषयमा फरक फरक मापदणड लिन र आदेश गर्न मिल्दैन ================================== पुनरावेदकले दुर संचार सेवा विस्तारको लागी L/C मार्फत आयत गर्ने दुर संचारका टावर तथा उपकरण/समान वापत विदेशी आपूर्तिकर्तालाई गरिने भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्ने वा नपर्ने भन्ने...

read more

Unilever Nepal Ltd. v. Large Taxpayer Office Lalitpur; 077-RB-0343: just, fair, reasonable, and non-arbitrary tax assessment

अझ यहाँ कर अधिकृतले के स्मरण गर्न आवश्यक छ भने आयकर सम्बन्धी प्रचलित कानूनले कर अधिकृतलाई कर निर्धारण सम्बन्धी विवादमा अदालतलाई भए सरहको अधिकार प्रदान गरेको छ। कुनै निकाय वा अधिकारीलाई कानूनले अदालतलाई भए सरहको अधिकार दिनुको अर्थ प्रशासकीय तजविज, स्वेच्छा वा विभागिय...

read more

China Overseas Engineering Group Company Ltd. Big Taxpayer Office Lalitpur; 077-RB-0559: Commission on Gurantee and performance bond

========================================== आयको स्रोत सम्बन्धमा आयकर ऐन, २०५८ को दफा ६७ (६) (ठ) (२) नेपालमा संचालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरुको स्रोत नेपालमा रहेको मानिने ब्यावस्था रहेकोमा करदाता आफैले चाईना स्थित उक्त काउन्टर ग्यारेन्टी गर्ने बैकलाई...

read more

Ncell Pvt. Ltd. v. Large Taxpayers Office, Harihar Bhavan

==========================‍‍================ करदाताले आ.व.२०७१/०७२ मा विभिन्न विदेशी कम्पनीहरुबाट सेवा प्राप्त गरी सो वापत विजकमा उल्लेख गरेको रकम पुरै भुक्तानी गरी अग्रिम करको रकम खर्च कट्टी माग गरेको पाइयो। विजकको रकममा अग्रिम कर कट्टी गरी बाँकी रकम मात्र भुक्तानी...

read more