==========================================
आयको स्रोत सम्बन्धमा आयकर ऐन, २०५८ को दफा ६७ (६) (ठ) (२) नेपालमा संचालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरुको स्रोत नेपालमा रहेको मानिने ब्यावस्था रहेकोमा करदाता आफैले चाईना स्थित उक्त काउन्टर ग्यारेन्टी गर्ने बैकलाई प्रत्यक्ष रुपमा कमिशन भुक्तानी नगरी मुल कम्पनी मार्फत भुक्तानी गरेको भएतापनि उक्त खर्चलाई आयकर ऐन, २०५८ को दफा १५(१) बमोजिम खर्च कट्टी लिएको र नेपालमा संचालित क्रियाकलापको सम्बन्धमा भुक्तानी भएकोले उक्त सेवा शुल्क/कमिसनको स्रोत नेपाल नै रहेको पुष्टी हुन्छ । त्यसैले करदाताको यस आ.व. को Commission on Gurantee and performance bond वापतको खर्च रु.१,८८,६६,४९७।८६ मा आयकर ऐन, २०५८ को दफा ८८ (१) बमोजिम १५ प्रतिशत कर कट्टी गर्नु पर्ने देखिन्छ ।
==========================================


0 Comments