Proportionate disallowance interest in Fixed Deposits
=======================================
करदाताले यो आ.ब. २०७१/७२ व्यवसायमा तरलताको अभाव देखाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको र सो कर्जा बापत खर्च कट्टी गरेकोमा त्यसरी लिएको कर्जा रकम व्यवसायको आय आर्जनमा लगानी गर्नुपर्नेमा विभिन्न कम्पनी लाई बिना प्रयोजन दिएको र उठाउन बाँकी रहेको तथा रघुपति जुट मिल्स लाई ऋण लिए बापत रु.२,००,००,०००/- मुद्दती खातामा जम्मा गरिदिएको देखिन आयो। उक्त सम्पूर्ण रकम व्यवसायको आय आर्जन गर्ने कार्यमा उपयोग नभएको हुँदा करदाताले बैंक लाई बुझाएको ब्याजदर ८.४२ प्रतिशतको हिसाबले हुन आउने ब्याज रकम सम्म आयकर ऐन, २०५८ को दफा १४(१) बमोजिम अमान्य हुने।
========================================
0 Comments