In case Supreme Court does not grant leave to make appeal, then such cases cannot be reviewed
जगदम्बा स्टिल्स प्रा. लि. वि. आन्तरिक राजस्व विभाग, नि.नं. ११२७८
=======================================
राजस्व न्यायाधिकरणले गरेको फैसलाउपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम पुनरावेदन गर्न अनुमति पाई मुद्दाको तथ्यमा प्रवेश गरी यस अदालतबाट फैसला भएको छ भने उक्त फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम तोकिएको आधारमा पुनरावलोकन हुनसक्छ तर पुनरावेदन गर्ने अनुमति प्राप्त नभई राजस्व न्यायाधिकरणको फैसला नै अन्तिम भई बसेको अवस्थामा अनुमति प्राप्त नहुने गरी भएको आदेशलाई फैसलासरह मानी पुनरावलोकन हुन सक्तैन । यस अदालतले एकचोटि मुद्दामा पुनरावेदनको अनुमति प्राप्त हुन नसक्ने भनी आदेश गरिसकेको अवस्थामा प्रचलित कानूनबमोजिमको मुनासिब आधार र कारणबिना पुनः सोही विषयमा निर्णय हुन सक्दैन । प्राङ्न्यायको सिद्धान्तले समेत यसलाई अङ्गीकार गर्दैन । पुनरावेदन गर्न अनुमति दिन नपर्ने भनी गरेको आदेशलाई फैसला मान्न सकिँदैन । सर्वोच्च अदालतले आफूले गरेको मुद्दाको पुनरावलोकन गर्न आफैँले मुद्दाको रोहमा फैसला गरेको र न्याय प्रशासन ऐन, २०७३ को दफा ११ ले तोकेको कानूनी आधारमा टेकेको हुनुपर्छ । न्याय प्रशासन ऐनले तोकेको कानूनी आधार पूरा नगरी राजस्व न्यायाधिकरणले गरेको फैसलाउपर प्रत्यक्षतः पुनरावलोकन हुन सक्तैन ।
====================================


0 Comments